नियम १५
जोखिमपूर्ण पदार्थ निर्यात सम्बन्धी व्यवस्था
(१) ऐनको दफा १६ को उपदफा (३) बमोजिम नेपालबाट जोखिमपूर्ण पदार्थ निर्यातका लागि निर्यातकर्ताले मन्त्रालयबाट अनुमति लिनु पर्नेछ र सोको लागि निजले त्यस्तो पदार्थ आयात गर्ने मुलुकको सरोकारवाला निकायको सहमति समेत पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम नेपालबाट जोखिमपूर्ण पदार्थको निर्यात गर्दा जोखिमपूर्ण फोहरको सीमापार ओसारपसार, नियन्त्रण र विसर्जन : सम्बन्धी बासेल महासन्धिमा उल्लिखित व्यवस्थाको पालना गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम नेपालबाट जोखिमपूर्ण पदार्थको निर्यात गर्दा जोखिमपूर्ण फोहरको सीमापार ओसारपसार, नियन्त्रण र विसर्जन : सम्बन्धी बासेल महासन्धिमा उल्लिखित व्यवस्थाको पालना गर्नु पर्नेछ ।